धादिङमा कोरोना संक्रमितको संख्या १ सय ६३ पुग्यो

धादिङमा कोरोना भाइरस सक्रमितको संख्या १६३ पुगेको छ । सोमबार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए सगै जिल्लामा कोरोना भाइरस सक्रमितको सख्या १६३ पुगेको हो ।
सोमबार सक्रमित हुनेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका–४ का ७७ वर्षिय पुरुष,गल्छि–४ का २६ वर्षिय पुरुष, धुनीबेशी–३ का ७८ र २९ वर्षिय पुरुष र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ३३ र ३४ वर्षिय पुरुष रहेका छन् ।
हाल सम्म नीलकण्ठ नगरपालिकामा ७३ जना,ज्वालामुखी गाउँपालिकामा ३३ जना, त्रिपुरासुन्दरीमा २२ जना रहेका छन् । यस्तै सिद्धलेकमा ४, नेत्रावती डबजोङमा ४, बेनिघाट रोराङका २, गल्छीमा ५, थाँक्रेमा ३, धुनीबेसी नगरपालिकामा ६, गजुरीमा ४, खनियाबासका ३,रुविभ्यालीका १,गंगाजमुना १ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका २ गरी १ सय ६३ जनामा सक्रमण पुष्टि भैसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्