धादिङमा भदौ ९ गते सम्म निषेधाज्ञा लम्बियो

धादिङमा जारी भएको निषेधाज्ञाको समय पुनः थप गरीएको छ । भदौ ३ गते सम्म पहिलो पटक थपिएको निषेधाज्ञा पुन ९ गते सम्म थप गरीएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी पुण्डविक्रम पौडेलको अध्यक्षयतामा बसेको संकट व्यवस्थापन समितिको बैठकले भदौ ९ गते सम्मको लागि निषेधाज्ञा गरेको हो । 

पछिल्लो समय धादिङमा कोरोना संक्रमितको संख्या बढेपछि प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(घ) र संक्रमक रोग ऐन २०२० बमोजिम भाद्र ९ गतेसम्म जिल्ला भित्रको बिभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । संकट व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि कालुपाण्डे मार्गको फुर्केखोला देखि धादिङबेसी दायाँबायाँ र नीलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरुमा भदौ ९ गते सम्मको लागि निषेधाज्ञा जारी गरीएको हो ।जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले संक्रमण पुष्टि भएका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक टे«सिङ गर्न सम्बन्धी स्थानीय तहमा गठित समितिलाई सक्रिय बनाउने, आवश्यकता अनुसार अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधी,राजनितिक दलको सहयोग लिने निर्णय गरेको छ।

त्यस्तै पिसिआरका लागि नमुना संकलन गर्न आवश्यक पर्ने भिटिएम स्वास्थ्य कार्यलयले उपलब्ध गराउने, कोभिड व्यवस्थापनको लागि आवश्यक पर्ने भिटिएम,पिपिई,जनशक्ति लगाएतका सामानहरु संघ र प्रदेश सरकार सँग माग्ने, सम्बन्धीत गाउँपालिकाका एम्बुलेन्सहरुलाई चौविसै घण्टा तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।जिल्ला अस्पताललाई चौविसै घण्टामा तयारी अवस्थामा राखि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, अत्यावश्यक बाहेकका सबै यातायात पूर्णरुपमा बन्द गराउने, त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको धादिङ जिल्ला भित्रपर्ने क्षेत्रमा होटल,बैंक तथा वित्तिय संस्था र जिल्ला भित्रका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको धादिङ प्रशाशनले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्