गजुरी गाउँपालिका पनि भदौ ९ गते सम्म सिल

धादिङको गजुरी गाउँपालिका  भदौ ९ गते सम्मको लागि बन्द गरीएको छ । बिहिबार गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको अध्यक्षतामा सम्पन्न भएको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि भदौ ९ गते सम्म बन्द गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी दिनुभयो ।

पालिका स्तरिय विपद व्यवस्थापन समितिको बैठक बसी जिल्लाले गरेको निषेधाज्ञालाई पुर्ण पालन गराई पालिका भित्रका अत्यावश्यक पसल बाहेर अन्य सबै पसलहरु बन्द गर्ने निर्णय भएको बस्नेतले जानकारी दिनुभयो । गाउँपालिकाले अत्यावश्यक बाहेकका होटल,रेष्टुरेन्ट, सहकारी, शैक्षिक संस्था लगाएतका व्यवसायहरु बन्द गर्न आग्रह गरेको छ।

कोरोना भाईरस(कोभिड १९) रोकथाम तथा न्युनीकरण गर्न गाउँपालिकाका नागरिकहरुलाई घरवाहिर निस्कदा मास्कको प्रयोगलाइ अनिवार्य गर्न,अत्यावश्यक काम बाहेक घरवाहिर मानिसहरु ननिस्कन, कम्तिमा २ मिटरको दुरी कायम गरी काममा निस्कने,सार्वजनिक स्थानमा भिडभाड नगर्न, आ–आफ्नो स्थानमा सुरक्षात्मक उपाय सहित बस्न अनुरोध गरेको छ।

साथै नागरिकहरुको बाच्ने पाउने अधिकारीलाई सुनिश्चित गर्दै खाद्यन्न,दुध र तरकारी पसल विहान ७ बजेदेखी १० बजे सम्म बन्द गर्ने निर्णय भएको छ ।ति पसलहरु खोल्दा सुरक्षाको आवश्यक सामाग्री भने अनिवार्य लगाउनुपर्ने छ ।पालिकाकाले लगाएको निमयलाई उलंघन गरेको पाईएमा व्यक्तिलाई र संघसंस्थाहरुलाई कारबाही गरिने पनि नियर्ण भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्