नाबी अफगानिस्तान क्रिकेट बोर्डको सदस्यमा नियुक्त

एजेन्सी । अफगानिस्तानका स्टार आलराउन्डर क्रिकेटर मोहम्मद नाबीलाई अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले बोर्ड सदस्यमा नियुक्त गरेको छ । ३५ वर्षीय नावी अफगानिस्तानका लागि अझै अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छन् । उनी अहिले क्यारेवीयन प्रिमीयर लीगमा सेन्ट लूसिया जुक्सबाट खेलीरहेका छन् ।

नाबीसँगै तीन अन्य सदस्यहरु हसिना सफी, रोहउल्ला खन्दाजा र आरोन मीर पनि बोर्डमा नियुक्त भएका छन् ।अफगानिस्तान क्रिकेट बोर्डका अध्यक्ष फराह युसेफजाइर्ले चारै जनालाई बोर्ड सदस्यमा नियुक्त गरेका हुन् ।

नाबीले गत वर्ष सेप्टेम्बरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए भने बाँकी फम्र्याटमा भने राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । यसबाहेक उनी विभिन्न देशका टि २० लीगमा समेत महत्वपूर्ण खेलाडीको रुपमा खेलिरहेका छन् ।नाबीले अफगानिस्तानका लागि ३ टेस्ट खेलेका छन् भने १२४ वान डे र ७८ टी २० खेलेका छन् ।टेस्ट क्रिकेटमा ३३ रन बनाएका उनले एकदिवसीयमा २७८२ रन बनाउनुका साथै बलिङ्गतर्फ १३० विकेट लिएका छन् । यस्तै टी २० मा उनले १३४७ रन र ६९ विकेट लिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्