काठमाडौं तेक्वान्दो संघले २ सय जनाको कोरोना विमा गर्ने

काठमाडौ । काठमाडौं जिल्ला तेक्वान्दो संघले २ सय जनाको कोरोना विमा गरिदिने भएको छ । काठमाडौं जिल्लामा रहेका विभिन्न तेक्वान्दो डोजाङका करिब २ सय जना डोजाङ प्रमुखको कोरोना विमा गरिदिने काठमाडौं जिल्लाका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

जिल्ला संघको बिहीबार बसेको अनलाइन बैठकले उक्त निर्णय गरेको अध्यक्ष खड्काले जानकारी गराए । प्रत्येकको ५० हजारका दरले बिमा गर्न लागिएको हो । त्यसमा ५० प्रतिशत जिल्ला संघ आफैले व्यहोर्ने छ भने बाँकी सगरमाथा तेक्वान्दो डोजाङका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गर्ने भएका छन् ।

जिल्ला संघले यहि अगष्ट २९ र ३० तारिखमा प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगिता (पुम्से) पनि आयोजना गर्दैछ ।@merokhel

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्