शुक्रबार सुनको मूल्य स्थिर

काठमाडौं-नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ।बिहीबार ९८ हजार ८ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबारको तुलनामा भने बिहीबार छापावाल सुनकाे मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको थियो। शुक्रबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियाे भने चाँदी शुक्रबारका लागि १३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्