संवाद बिथोलिने गरी नियुक्ति गर्नुभयो, खारेज गर्नुस् :प्रचण्ड

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी ओलीलाई भेटेर संवाद बिथोलिने गरी राजनीतिक नियुक्ति भएको भन्दै असन्तुष्टि जनाएका छन्। बिहीबार बिहान बालुवाटार पुगी प्रचण्डले पछिल्ला राजनीतिक नियुक्ति खारेज गर्न आग्रह गरेका थिए।

पार्टीमा विवाद समाधान गर्न कार्यदल गठन भएको छ। कार्यदलले आफ्ना काम गररहेको छ। तपाईं उल्टै पार्टीमा सल्लाह नै नगरी धमाधम राजनीतिक नियुक्ति गर्नुहुन्छ,’ प्रचण्डको भनाई उदृढ गर्दै स्रोतले भन्यो, ‘तपाई (प्रधानमन्त्री)ले पछिल्ला सबै नियुक्ति खारेज गर्नुस्। परिस्थितिलाई थप जटिल बनाउने काम नबनाउनुस्।कार्यदलले आफ्नो कामगरी रहेका बखत आफै हस्तक्षेप गरेर पार्टीमा विवाद सिर्जना गर्ने काम भएको भन्दै प्रचण्डले आक्रोश पोखेका थिए। पार्टीभित्रको विवाद समाधानउन्मुख भइरहेको अवस्थामा त्यसलाई खल्बल्याउने काम नगर्न प्रचण्डले आग्रह गरेको स्रोतले जनाएको छ।

जवाफमा ओलीले यसअघिकै नियुक्ति भएकाले नयाँ नियूक्ति कुनै नगरेको जिकिर गरेका थिए। यसअघि गत मंगलबार पनि प्रचण्डले ओलीलाई बालुवाटारमै भेटेर पछिल्ला नियुक्ति सबै बदर गर्न आग्रह गरेका थिए। तर ओलीले आफूले गरेका राजनीतिक नियुक्तिको निरन्तर बचाउ गर्दै आएका छन्।

सरकारले गत सोमबारको मन्त्रिपरिषदले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा डा कल्याण रोका र प्रेस काउन्सिलको कार्यबाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो। तर, प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा हालेर पुर्नबहाली हुनका लागि आदेश पाइसकेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्