२५ किलो गाँजा सहित धादिङका पाँचजना होटल सञ्चालक पक्राउ

धादिङ,२३ चैत।
धादिङ स्थित पृथ्वी राजमार्ग रहेको छेउ छाउमा रहेका चिया नास्ता पसल तथा होटलहरु लागुऔषधको केन्द्र बन्न थालेको छ ।

सोमबार ईलाका प्रहरी कार्यालय गजुरीले चिया नास्त पसल तथा होटलहरुमा लागु औषध गाजा समेत विक्रि वितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा होटलहरु खानतलासी गर्दा २५ किलोग्राम लागु औषध गाँजा र १ थान डिजिटल तराजु सहित पाँच जना होटल सञ्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गजुरी–२ विहानी पम्प नजिकै रहेको जयराम स्टाप होटलकी संचालक ४७ बर्षिया सानी अधिकारी, फुर्केखोलामा रहेको आयुष होटलका संचालक ४३ बर्षिय राज कुमार भन्ने होतराज सेढाई, फुर्केखोलाकै हिरा होटल एण्ड लजका संचालिका वर्ष ४७ की हिरामाया लम्साल रहेकी छिन्।

त्यस्तै फुर्केखोलाका ठकुरी होटलका संचालक वर्ष ६१ को बेद कुमार शाही र बेनिघाट रोराङ–३ करम खोलामा रहेको चिया नास्ता होटलका संचालक वर्ष ५५ को खिलनाथ त्रिपाठी पक्राउ परेका छन्। पक्राउ परेका होटल संचालकहरुलाई धादिङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तस्विर: ईलाका प्रहरी कार्यालय गजुरी

May be an image of 5 people

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्