धादिङमा बैशाख ६ गतेदेखी कृषि गणना हुने

धादिङ,२३ चैत्र।
धादिङमा बैशाख ६ गतेदेखी राष्ट्रिय कृषि गणना हुने भएको छ।“कृषि योजना र विकासको मुल आधार,पारौँ कृषिगणना २०७८ साकार ” भन्ने मुल उदेश्यको साथ बैशाख ६ गतेदेखी जेष्ठ १९ गतेसम्म कृषि गणना हुने कृषि गणना अधिकृत नन्दलाल सापकोटाले जानकारी दिनुभएको छ ।

आज जिल्ला कृषि गणना कार्यालय धादिङको आयोजनामा जिल्ला समन्वय समितिकोे सभाहलमा सचेतना गोष्ठी सञ्चालन गरिएको हो । जिल्ला कृषि गणनाका सँयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सरकारी कार्यलयका प्रमुख एवंम प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि लगायत सन्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

गोष्ठिमा कृषि गणनाको परीचय, उदेश्य महत्व, कृषि गणना सञ्चालनको कानुनी प्रावधान लगाएतको बिषयमा जिल्ला कृषि गणना अधिकृत नन्दलाल सापकोटाले प्रष्ट पार्नुभएको छ ।कृषकले चलन गरेको जग्गा, लगाएको बालि, पशुपन्छीपालन तथा कृषिमा बातावरणिय प्रभाब सम्बन्धि बिबरण उपलव्ध गराउने, समग्र कृषि तथ्याङकको स्तर बढाउने उदेश्यले कृषि गणना सुरु भएको हो ।

नेपालमा बि.स.२०१८ सालदेखी केन्द्रिय तथ्याङ बिभागले हरेक १०/१० बर्षमा राष्टिय कृषिगणना सञ्चालन गदै आएको छ ।तथ्याङक सँकलनको लागी २०७९ साल बैशाख ६ गते देखी जेष्ठ १९ सम्म घरदैलोमा आउने गणक र सुपरीबेक्षकहरुलाई कृषि सम्बन्धि सहि विवरण दिएर सहयोग गरीदिन आग्रह गरिएको छ ।धादिङमा १३ वटा स्थानीय तह समेट्ने गरि २ सय २३ वटा गणना क्षेत्र तोकिएको छ । एक सय जना जनशक्ति परिचालन गरि पालिका स्तरीय कृषको तथ्याङक संकलन गरिने सापकोटाले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्