राष्ट्रिय जनसाँस्कृतिक महासंघ धादिङको अध्यक्षमा गायिका रजनी लामा

धादिङ,२४ चैत।
राष्ट्रिय जनसाँस्कृतिक महासंघ धादिङको अध्यक्षमा गायिका रजनी लामा निर्वाचित हुनुभएको छ।बुधबार धादिङबेशी स्थित मदन आश्रित स्मृती भवनमा भएको महासंघ धादिङको छैटौं जिल्ला अधिवेशनले गायिका लामालाई अध्यक्ष सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।

थाक्रे गाउपालिकाकी कार्यपालिका सदस्य समेत रहनुभएका लामाले एकदर्जन भन्दा बढि एलबम समेत बजारमा ल्याईसक्नु भएको छ ।
प्रगतिशील लेखक, कलाकारहरु तथा साँस्कृतिककर्मीहरुको संगठनको अधिवेशनले उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको निवर्तमान अध्यक्ष रुपक परियारले जानकारी दिनुभयो।

३५ सदस्यीय जिल्ला कार्यसमितिले सणथानिय निर्वाचनको समयमा जनतालाई साँस्कृतिक रुपमा नागरिकहरुलाई सचेत पार्ने बताएको छ । राष्ट्रिय जनसाँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष प्रेम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा एमाले धादिङ जिल्ला अध्यक्ष भुमि त्रिपाठी, उपसचिव राधिका सापकोटा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्