नेकपा विवाद : कार्यदलले शनिबार प्रतिवेदन बुझाउने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको समस्या समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले शनिबारसम्ममा  आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने भएको छ ।

‘शुक्रबार बेलुकासम्म सम्भव भए शुक्रबारै र नभए भोलिसम्ममा प्रतिवेदन अध्यक्षलाई बुझाउछौँ,’ कार्यदलका एक सदस्यले भने, ‘आजै बुझाउने भनिएको थियो तर एक सदस्य काठमाडौँ बाहिर जानुभएको छ । आज उहाँ कतिबेला आउनुहुन्छ बैठक बस्न सम्भव नहुन पनि सक्छ । त्यसैले शनिबारसम्ममा प्रतिवेदन बुझाउने तयारी छ ।’

कार्यदलको बैठक शुक्रबार बसेर शुक्रबारै प्रतिवेदन बुझाउने तयारी भए पनि कार्यदल सदस्य भीम रावल शुक्रबार अछाम गएकाले शुक्रबारको बैठक बस्ने नबस्ने अनिश्चित बनेको हो ।

‘उहाँ छिटै आउनुभयो र बैठक बस्न सम्भव भयो भने आजै बैठक बस्ला नत्र भोलि मात्रै बैठक बसेर अन्तिम रूप दिन्छौँ’, ती सदस्यले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्