निषेधाज्ञामा रेमिट्यान्स कारोबार पनि सुचारु रहने

काठमाडौं । निषेधाज्ञाको समयमा विप्रेषण (रेमिट्यान्स) कारोबार समेत सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैङ्कले सबै रेमिट्यान्स कम्पनीलाई परिपत्र गर्दै स्थानीय प्रशासनको निषेधाज्ञालाई परिपालना हुनेगरी कारोबार सूचारु राख्न निर्देशन दिएसँगै त्यस्ता कम्पनीहरुले समेत आफ्नो कारोबार बन्द गर्न नपाउने भएका हुन् ।

शुक्रबार राष्ट्र बैङ्क विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले त्यस्तो परिपत्र जारी गरेका हुन् । परिपत्रमा विदेशमा कार्यरत नेपाली नागरिकले नेपाल पठाएको विप्रेषण उनीहरुका आफन्तलाई भुक्तानी गर्न नसक्दा विप्रेषणबाट घरव्यवहार चलाउनुपर्ने नागरिकलाई अप्ठ्यारो पर्नसक्ने देखिएकोले निषेधाज्ञा आदेश अवधिभर विष्रेषणसम्बन्धी सेवा उपलब्ध गराउन भनिएको छ ।यसरी सेवा सुचारु गर्दा निश्चित समयका लागि आलोपालो प्रणालीमा न्यूनतम कर्मचारीबाट विप्रेषणको भुक्तानी व्यवस्था मिलाउन, सम्भव भएसम्म बैङ्कबाट भुक्तानी हुने वातावरण बनाउन तथा भीडभाड नगरी स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न समेत भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्