नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु,सङ्ख्या १ सय ३७ पुग्यो

नेपालमा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । आज काठमाडौ, मकवानपुर, ललितपुर, चितवन,दोलखा,प्युठान, सर्लाही,सप्तरी बारा,पर्सा र मोरङका १/१ गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित जानकारीका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी गराउनुभयो । मृत्यु हुनेमा १ महिला र १० जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्