घरभित्रै झुन्डिएर धादिङ साङकोष खलचेतका चन्दन गुरुङद्वारा आत्महत्या !

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ खलचेतमा एक युवाले झुण्डिएर आत्महत्या गरेका छन्। साङकोष खलचेत बस्ने २२ बर्षिय चन्दन गुरुङले घरभित्रै झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी तथा प्रवक्ता रुपक खण्डकाले जानकारी दिनुभयो । गुरुङले घरभित्र सलको पासो लगाएर बिहान झुण्डिएर आत्महत्या गरेका हुन् ।

शवलाई पोष्टमाटको लागि धादिङबेसी ल्याउन नदिदा केहि समय विवाद भएको थियो । मृतकका आफन्तेले शव पोष्टमार्टको लागि ल्याउन नदिएपछि जिल्ला प्रहरी कार्यालय धादिङबाट थप प्रहरी परिचालन गरेपश्चात मात्र शव ल्याउन दिएका हुन । शवलाई पोष्टमार्टको लागि अहिले धादिङबेसी ल्याईदै गरेको खड्काले जानकारी दिनुभयो । आफन्तले पोष्टमार्टमा नगरी दाहसंस्कार गछौँ भनेपछि विवाद भएको थियो ।    
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्