अब लक्षण भएका संक्रमित मात्र अस्पतालमा भर्ना हुन पाउने

काठमाडौं– सरकारले लक्षण देखिएका कोरोना संक्रमितलाई मात्र अस्पतालमा राखेर उपचार गर्ने निर्णय गरेको छ। लक्षण नभएका कोरोना संक्रमितहरुलाई होम आइसोलेसनमा राख्ने निर्णय बिहीबारको मन्त्रिपरिषद्‌को बैठकले गरेको हो।

प्राविधिक विश्लेषणले पनि लक्षण नदेखिएका कोरोना संक्रमित होम आइसोलेसनमा रहँदा चाँडो निको हुने देखिएको छ।’ सरकारका प्रवक्ता युवराज खतिवडाले शुक्रबार  मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने‚  ‘अर्कोतर्फ संक्रमण बढ्दै जाँदा अस्पतालमा पनि ठाउँ नहुन सक्छ। त्यस्तो अवस्थामा लक्षण देखिएका संक्रमितलाई अस्पतालमा ल्याएर उपचार गर्नुपर्ने हुन्छ।’

सरकारले विदेशबाट उद्धार गरिने नेपालीलाई एकिकृत क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ। एकिकृत काठमाडौं उपत्यकामा तयार गरिने र त्यसको व्यवस्थापन नेपाली सेनाले गर्ने प्रवक्ता खतिवडाले जानकारी दिए।@nepal live

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्