धादिङमा प्रयास नेपाल द्धारा चेपाङ बालिकाहरुलाई आर्थिक सहयोग

धादिङबेशी । प्रयास नेपाल धादिङ द्धारा धादिङको गजुरी गाउँपालिका–१ मा रहेको चेपाङ छात्रावासमा रहेका २३ जना चेपाङ बालिकालाई आर्थिक सहयोग गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी जारी बन्दाबन्दि तथा निषेधाज्ञाका कारण दैनिक ज्यालामा जान नसकेका चेपाङ छात्राहरुको परिवारहरुलाई शनिबार आर्थिक सहयोग उपलव्ध गराईएको छ ।
गजुरी गाउँपालिका भित्र विभिन्न सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्दै आएको गैरसरकारी संस्था प्रयास नेपाल धादिङले गाउँपालिकाको समन्वयमा चेपाङ किशोरीहरुको परिवारलाई आर्थिक सहयोग गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत, चेपाङ संघका पदाधिकारीहरु सहितको टोलिले वडा नं।४ च्याङ्ली फेदीमा पुगेर चेपाङ छात्रालाई प्रति बालिका ४ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

गजुरी गाउँपालिका वडा नं। ३, ४ र ६ का १५ जनालाई पनि शनिबारनै आर्थिक सहयोग उपलव्ध गराइएको छ भने सोहि गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका गरी बाँकी आठजना बालिकाको परिवारलाई आज आईतबार सहयोग गर्ने कार्यक्रम रहेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्