कोरोना अपडेट: ८ सय १८ संक्रमित थपिए,सङ्ख्या ३२ हजार नजिक

नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ८ सय १८ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

हिजो शनिबार ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र २ सय ८१ जना डिस्चार्ज भएसँगै १८ हजार ६ सय ३१ जना संक्रमित निको भएर घर फर्किएका छन्।देशभर २४ घण्टामा ८ हजार २६ जनाको पीसिआर परिक्षण गरिएको डा.गौतमले बताउनुभयो । यस्तै देशभर १३ हजार १ सय ५५ सक्रिय संक्रमित रहेका छन् भने ११ हजार ७ सय १४ जना क्वारेन्टाईनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्