धादिङमा कोरोना संक्रमितको संख्या १ सय ७४ पुग्यो

धादिङबेशी । धादिङ जिल्लामा आज थप १ जनामा संक्रमण पुष्टि भए संगै जिल्लामा कोरोना संक्रमितको सख्या १ सय ७४ पुगेको छ । आज गजुरी गाउँपालिका वडा नं २ का २० वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।
हाल जिल्लाको नीलकण्ठ नगरपालिकामा ७४ जना,ज्वालामुखी गाउँपालिकामा ३३ जना, त्रिपुरासुन्दरीमा २३ जना, सिद्धलेकमा ५ जना, नेत्रावती डबजोङमा ६ जना, बेनिघाट रोराङका गाउपालिकामा ३ जना , गल्छी गाउपालिकामा ६ जना , थाँक्रे गाउपालिकामा ३ जना , धुनीबेसी नगरपालिकामा ९, गजुरी गाउपालिकामा ५ जना, खनियाबास गाउपालिकामा ३ जना, रुविभ्यालीका गाउपालिकामा १ जना,गंगाजमुना गाउपालिकामा १ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका २ गरी १ सय ७३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

जम्मा संक्रमित मध्ये १ सय २८ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ४६ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको थियो। धादिङमा कोरोना संक्रमणबाट अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने १ सय ४८ जनाको निको भैसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्