एक वर्षमै २८ प्रतिशतले बढ्यो सुनको मूल्य

काठमाडौं– विश्व बजारमा सुनको मूल्य एक वर्षमै २८ प्रतिशतले बढेको छ। विश्व बजारमा बढेको सुनको मूल्य नेपालमा पनि बढेको हो। नेपालमा एक वर्षमै ३० प्रतिशतभन्दा बढीले सुनको मूल्य बढेको छ। २०७६ असार मसान्तमा नेपाली बजारमा सुनको मूल्य ६४ हजार ५ रुपैयाँ थियो। तर, २०७७ असार मसान्तसम्म आइपुग्दा यसको मूल्य बढेर ९२ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा २०७६ असार मसान्तमा प्रतिआउन्स सुनको मूल्य अमेरिकी डलर १ हजार ४ सय ९ दशमलब ८५ रहेकोमा २०७७ असार मसान्तमा २८.० प्रतिशतले वृद्धि भई अमेरिकी डलर १ हजार ८सय ४.६० पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्