धादिङमा साउन महिनामा पुरस्कृत प्रहरी हवल्दार घलेलाई वडा कार्यालय द्धारा सम्मान

रुवीभ्याली गाउँपालिकाको प्रहरी चौकी लापामा कार्यरत प्रहरी हवल्दार झमक बहादुर घलेलाई वडा नम्बर ५ ले सम्मान गरेको छ । साउन महिनाको धादिङ जिल्लामा सर्वोत्कृष्ट प्रहरी छनौट भएको अवसरमा रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ ले पनि एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धिराज तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रहरी हवल्दार घलेलाई दोसल्ला ओढाएर  सम्मान गरीएको हो ।

राम्रो काम गरेर हाम्रो गाउँपालिकाको नाम राखेको भएर उहाँलाई सम्मान  गरीएको वडा अध्यक्ष धिराज तामाङले बताउनुभयो । साथै उहाँलाई द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद किताब पनि प्रदान गरीएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । श्रमजीवी जनताको पक्षमा काम गर्नको लागि अझै उत्प्रेरणा मिलोस भनेर उक्त किताव प्रदान गरीएको तामाङको भनाई छ ।

घलेले साउन २८ गते देखि ३१ गते सम्म रुविभ्याली गाउँपालिका वडा न ५ र ६ मा पहिरोको जोखिममा रहेको १ सय ३ घरधुरीमध्ये केहि घरधुरीका स्थानियहरुलाई स्थानिय बासिन्दाको सहयोगमा सुरक्षित स्थानमा सार्न र थप बिपदको घटनाबाट अन्य घर धुरीका स्थानियलाई जोगाउन अहम भुमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धादिङले घलेलाई सर्वोत्कृष्ट धादिङ प्रहरी छनोट गरेको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्