आज थप १९ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित ५२०

धादिङ,३० चैत।

नेपालमा थप १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर ४ हजार ७१५ कोरोना परीक्षण गर्दा १९ संक्रमित थपिएका छन् भने ४९ संक्रमित निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय २० जना मात्रै रहेको छ।

देशभर ३ हजार ३४९ आरटी पिसिआर परीक्षणमा १५ जना र १३ सय ६६ एन्टिजेन परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै संक्रमण कारण मृत्यु हुने पनि शुन्य रहेको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६६ हजार १६० पुगेको छ भने ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ।

देशभर आजसम्म ११ लाख १८ हजार ८५४ कोभिड संक्रमित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्