धादिङ अस्पताल फार्मेसीले सेवाग्राहीलाई औषधीमा १० प्रतिशत छुट दिने

धादिङ,३० चैत।
धादिङ अस्पताल फार्मेसीले अस्पतालमा उपचारात्मक सेवा लिन आउने सेवाग्राहीलाई औषधिमा १० प्रतिशत छुट दिइने भएको छ ।नयाँ वर्ष २०७९ साल बैशाख १ गतेबाट लागु हुने गरी अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई १० प्रतिशत छुट दिने भएको हो ।

धादिङ अस्पतालमा दैनिक उपचारात्मक सेवा लिन आउने सेवाग्राहीलाई थप लाभ पुग्ने भएकोले फार्मेसीबाट हाल उपलब्ध गराउँदै आएको ५ प्रतिशत छुट रकमलाई बैशाख १ देखि बढाएर १० प्रतिशत कायम गरिएको अस्पतालका नि.मेडिकल सुपरिटेन्डेन्ट डा.मधुकर दाहालले बताउनुभयो ।

साथै अस्पतालको अन्तरङग शाखामा एक हप्ता भित्र २५ बेड थप गरीने अस्पतालका सूुचना अधिकारी बिक्रम बि.कले जानकारी दिनुभयो । बिरामी चाप भएको समयमा सेवाग्राहीलाई थप सहज हुने भएकोले अन्तरङग शाखामा बेड थप गर्न लागिएको सूचना अधिकारी बि.कले बताउनुभयो ।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्