गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं–गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ४ जनामा संक्रमण पुष्टि भएको हो।पोखरा महानगरपालिका १३ का २ जना भारतबाट आएका हुन् भने अन्य २ जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन्।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ८ सय १५पुगेको छ। यस प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ३९ छ भने निको हुने दर ८६ दशमलब ४९ प्रतिशत रहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्