कोरोना महामारी : विश्वभर मृत्यु हुनेहरुको संख्या ८ लाख ११ हजार

एजेन्सी–विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८ लाख ११ हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेहरुको संख्या ८ लाख ११ हजार २ सय ९८ पुगेको हो। 

सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ। अमेरिकामा १ लाख ७७ हजार २ सय १५ जनाको मृत्यु भएको छ। यसमध्ये सबैभन्दा बढी प्रभावित न्युयोर्कमा ३२ हजार ८ सय ८७ र न्युजर्सीमा १५ हजार ९ सय ४६ जनाको मृत्यु भएको छ। अमेरिकामा हालसम्म संक्रमित हुनेको संख्या ५७ लाख ३७ हजार ३ सय ९८ छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्