कोरोना महामारी : अमेरिकामा मृत्यु हुनेहरुको संख्या १ लाख ७८ हजार नाघ्यो

एजेन्सी–अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख ७८ हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेहरुको संख्या १ लाख ७८ हजार ४ सय ६ पुगेको हो। 

त्यसमध्ये सबैभन्दा बढी न्युयोर्कमा ३२ हजार ९ सय १८ जनाको मृत्यु भएको छ भने न्युजर्सीमा १५ हजार ९ सय ५३, क्यालिफोर्नियामा १२ हजार ३ सय ५६ र टेक्सासमा ११ हजार ९ सय १५ जनाको मृत्यु भएको छ। अमेरिकामा हालसम्म ५७ लाख ७५ हजार ५ सय ४१ जना संक्रमित भइसकेका छन्। त्यहाँ मंगलबार ३३ हजार ६ सय ८४ संक्रमित थपिएका छन् भने १ हजार ८१ जनाको मृत्यु भएको छ। nepallive

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्