क्यानको अधिवेशन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको यही भदौ १५ गतेभित्र गर्ने भनिएको वार्षिक साधारणसभा स्थगित भएको छ। सूचना जारी गर्दै वार्षिक साधारणसभा स्थगित भएको क्यानले जानकारी दिएको छ।

‘विश्व नै कोराना महामारीको प्रकोपसँग जुधिरहेको छ। नेपालमा पनि यसबाट बच्नका लागि सबैजसो ठाउँमा लकडाउन र निशेषज्ञा लगाइएको छ, जसकारण क्यानको वार्षिक साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ,’ सूचनामा भनिएको छ।

गत साउन ५ गते बसेको क्यानको केन्द्रीय समिति बैठकले भदौ १५ गतेभित्र वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्