साल्ट ट्रेडिङले ल्याएको रासायनिक मल वीरगंज भित्रियो, विहीबारदेखि किसानले पाउने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको युरिया मल वीरगंज भन्सारमा भित्रिएको छ। मंगलबार  वीरगंज भन्सारमा २५ सय टन युरियामल भित्रिएको कर्पोरेसनका सुचना अधिकृत कुमार राजभण्डारीले बताए। 

उनका अनुसार मल भन्सार यार्डमा आइसकेको छ। बुधबार भन्सार जाँचपास भएर उपत्यका भित्रिने र विहीबारदेखि किसानले पाउने गरि काम अघि बढाइएको राजभण्डारीले बताए।

धान खेतीमा मल हाल्ने समयमा नआएपछि सरकारको तीब्र आलोचना भइरहेको छ। उनले २५ सय टन रासायनिक मलले केही भएपनि किसानलाई राहत हुने जिकिर गरे। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्