एटीएममा स्यानिटाइजर राख्नै पर्ने, ढोका पनि खुला राख्न निर्देशन

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो एटीएम बुथहरुमा स्यानिटाइजर र टिस्यू पेपर राख्नै पर्ने भएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्यानिटाइजर र टिस्यू पेपर अनिवार्य राख्न निर्देशन दिएका हुन् ।

सबै बैंकहरुलाई सुरक्षा सतर्कताका लागि मौखित निर्देशन दिइएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका एक अधिकारीले जानकारी दिए । एटीएममा धेरै मान्छेको आउँजाउँ भइरहने र यसबाट पनि संक्रमण फैलन सक्ने सम्भावना रहेका कारण सतर्कताका लागि यस्तो निर्देशन जारी गरिएको ति अधिकारीले बताए ।

एटीएमका ढोकाहरु पनि खुलै राख्नु राष्ट्र बैंकले भनेको छ । बन्द अवस्थामा रहेका एटीएमका ढोकाहरुमा सबैले छुनु पर्ने भएकाले खुलै राष्ट्र बैंकले निर्देशन दिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्