गणेश थापाले पत्रकार सम्मेलनमार्फत योजना र कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं, ५  वैशाख।

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफ्ना योजना र कार्यक्रम सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएका छन् । विश्व फुटबलको सर्वाेच्च संस्था फिफाको प्रतिबन्धमा रहेका थापाले ७ वैशाखमा पत्रकार सम्मेलन गर्ने बताएका हुन् ।

उनले वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूलाई कपोकल्पित आरोप लगाएका कारण विगत सात वर्षदेिख आफू र परिवारले भोगेको पीडाको अन्त्य गर्न पत्रकार सम्मेलन गर्न खोजेको खुलाएका छन् ।

‘एन्फाका वर्तमान नेतृत्व कर्माछिरिङ शेर्पाले मलाई कपोकल्पित लगाएकाे आरोपले गर्दा सात वर्षदेखि म र मेरो परिवारले जुन पीडा भोगेको छ अब यसको अन्त्य  हुनुपर्दछ। म अब अगाडि बढें, आइतबार ७ वैशाखमा पत्रकार सम्मेलन गरी योजना र कार्यक्रम सार्वजनिक गर्नेछु,’ उनले भने ।

चार वर्षअघि गणेश थापाको सत्तालाई पराजित गर्दै कर्माछिरिङ शेर्पाको समूह एन्फामा निर्वाचित भएको थियो । त्यही समूह अहिले फुटेर ६ असारमा तय चुनावमा प्रतिस्पर्धा गर्दैछ ।

Avatar

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्