७० वर्षीया वृद्धा बलात्कृत 

पाल्पा, ५ वैशाख । 

पाल्पामा एक जना ७० वर्षीया महिला बलात्कृत भएकी छन् । 

ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दिकोट गाउँपालिका–४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ पक्राउ गरेको छ । 

सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्