प्रदेश २ मा विहीबार कोरोना संक्रमणबाट ८ को मृत्यु, १ सय २४ संक्रमित थपिए

जनकपुर । प्रदेश नम्बर २ मा ८ जनाको मृत्युसँगै १ सय २४ जना कोरोना पोजेटिभ पुष्टि भएको छ । बिहीबार धनुषामा ३७, सप्तरीमा ३२, पर्सामा २६, बारामा १०, महोत्तरीमा ६, रौतहटमा ६, सिरहामा ४ र सर्लाहीमा ३ जना संक्रमित भएको छ ।

प्रदेश नम्बर २ मा संक्रमितको संख्या ९ हजार ५ सय ५१ पुगेको छ । संक्रमित मध्ये ८ हजार १ सय ५१ पुरुष र १ हजार ४ सय महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज, एचविडिआरटिसी हेटौडा र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १ सय २४ जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

सप्तरीमा १३ हजार ३ सय २२, सिरहामा ६ हजार ६ सय ९३, धनुषामा १० हजार ३ सय २८, महोत्तरीमा ५ हजार ६ सय ७६, सर्लाहीमा १० हजार ७ सय ५६, रौतहटमा १९ हजार ८ सय ३४, बारामा ८ हजार ९८ र पर्सामा १७ हजार ८ सय ९ जना गरि जम्मा ९२ हजार ५ सय १६ जनाको स्वाब परिक्षण गरिएकोमा ९ हजार ५ सय ५१ जना संक्रमित भएका छन् भने ७८ हजार ५ सय ७६ जनाको रिपोर्ट नेगेटिभ आएको उनले जनाए ।

सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ८९ जना संक्रमित भएको छ । रौतहटमा १ हजार ६ सय ९, धनुषामा १ हजार ३ सय ७९, सर्लाहीमा १ हजार ३ सय ५४, महोत्तरीमा १ हजार १ सय ६१, बारामा ७ सय ८६, सप्तरीमा ७ सय ७९ र सिरहामा ३ सय ९४ जना व्यक्तिमा कोरोना संक्रमित रहेको जनाइएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ८३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५७ जना व्यक्तिहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका ३, सिरहाका ४२, धनुषाका ८ र महोत्तरीका ४ जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ५ सय ४१, सिरहाका २ सय ७१, धनुषाका ८ सय ४०, महोत्तरीका ४ सय ३४, सर्लाहीका ६ सय ९२, रौतहटका ७ सय ९९, बाराका २ सय ६३ र पर्साका ६ सय ५६ जना गरि ४ हजार ४ सय ९६ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

कोरोना संक्रमणबाट प्रदेश २ मा आज ८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृत्यु हुनेको संख्या ७२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

कोरोनाको हटस्पट बनिसकेको यस प्रदेशमा पछिल्लो समय दिनहँु कोरोना संक्रमितको मृत्यु हुन थालेको छ । एक गर्भवति महिला सहित ८ जनाको मृत्यु भएको हो ।

पर्सामा २ जना, बारामा ५ र धनुषामा १ जना कोरोना संक्रमितको मृत्यु भएको जनाइएको छ ।

पर्साको सुपौलीका ६८ वर्षीय पुरुष र बहुअरीका ६२  वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । त्यस्तै बारामा ४२ वर्षीय, ५९ वर्षीय, ७० वर्षीय र ७५ वर्षीय पुरुषको मृत्यु भएको छ भने सवर्ण गाउँपालिका वडा नम्बर ४ स्थित हर्दियाका २३ वर्षीय गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको झाले बताए ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय पुरुषमा मृत्यु पश्चात आज कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट ११ महिला र ६१ पुरुषको मृत्यु भएको छ । कोरोनाबाट सबैभन्दा बढी पर्सामा ३०, धनुषा र बारामा १२÷१२, सप्तरीमा ५, सिरहामा ४, महोत्तरी, सर्लाही र रौतहटमा ३÷३ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म पर्सामा ३०, धनुषामा १२, बारामा १२, सप्तरीमा ५, सिरहामा ४, रौतहटमा ३, सर्लाहीमा ३ र महोत्तरीमा ३ जना गरि ७२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्