महानगरपालिकाका विषयमा गठबन्धन दलबीच सहमतिः तीन वटा कांग्रेस र एक–एक वटा माओवादी, समाजवादी र जसपालाई 

काठमाडौं, ६ वैशाख । 

सत्तारुढ दलहरु महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् । आज बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सो सहमति जुटेको हो । 

सहमति अनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एक÷एक वटा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालका भागमा परेको छ ।  

बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ । यस्तै, माओवादी केन्द्रको भागमा भरतपुर, एकीकृत समाजवादीको भागमा पोखरा र जनता समाजवादी पार्टीको भागमा वीरगन्ज महानगरपालिका परेको छ । 

भागबण्डा मिलाउन सोमबारदेखि गठबन्धन दलको बैठक बस्दै आएको थियो । आजको बैठकमा भने नेताहरु भागबण्डा मिलाउन सफल भएका हुन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्