धादिङमा तिनदिनको अवधीमा ८८ जनाको आँखाको अप्रेशन

धादिङ,०६ बैशाख । 

धादिङमा आईतबारदेखि सुरु भएको ३ दिने शिविरमा ८८ जनाले आँखाको अप्रेसन गराएका छन् । 

जिल्ला सामुदायिक आँखा केन्द्र धादिङ र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौको वार्षिक कार्ययोजना अनुसार आईतबार, सोमबार र मंगलबार गरी ८८ जनाले आँखा अप्रेसन गराएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख रामसिंह तामाङले बताउनुभयो । 

आईतबार २० जना, सोमबार ३६ जना र मंगलबार ३२ जना गरी तीन दिनमा ८८ जनाको मोतियाविन्दुको अप्रेसन गरिएको हो । 

साथै अप्रेसन गराएका ८८ जनालाई गजुरी बजार स्थित जरुङ स्पाइसी मम सेन्टरकी संचालिका शिखा तामाङले कालो चस्मा सहयोग प्रदान गर्नुभएको छ ।

फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्