धादिङमा गठबन्धन भएन, मित्रवत् व्यवहारका साथ चुनावमा जाने सहमति

धादिङ,० ६ बैशाख ।
धादिङमा चारदलीय गठबन्धनको सम्भावना टरेको छ ।

सबै दलले आ–आफ्नो अडान नछोडेपछी निष्कर्षमा पुग्न खोजेको सहमती अन्तिम समयमा आएर भाँडिएको हो । पाँच दलका शिर्ष नेतृत्व धादिङबेसीमा बसेर सहमती गर्न खोजेपनि अन्तिममा नेत्रावती डबजोङ गाउँपालिकाको विषयलाई लिएर गठबन्धन टुटेको हो ।

जिल्ला स्तरमा सहमति नभएपनि स्थानीय स्तरमा भने गठबन्धन हुने सम्भावना रहेको एक नेताले जानकारी दिनुभयो । गठबन्धन सफल नभएपनी सरकारमा सहभागी दलहरूबिच मित्रवत् व्यवहारका साथ चुनावमा जाने भने भद्र समहती भएको बुझिएको छ।

नेपाली काँग्रेस पार्टीलाई ७ स्थानीय तह,नेकपा माओवादी केन्द्रलाई ३ स्थानीय तह र नेकपा (एकीकृत समाजवादी) पार्टीलाई ३ स्थानीय तह लिने भागबण्डा भएको थियो।अंकमा भागबण्डा भएपनी कुन पालिका कुन दलले नेतृत्व गर्ने भन्ने रस्साकस्सी नै चलेको थियो । अन्तिममा नेत्रावती डबजोङ गाउँपालिकाको विषयलाई लिएर गठबन्धन तोडिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भागमा परेको नेत्रावती डबजोङ गाउँपालिका अन्तिममा काँग्रेसले नछोडेपछि सहमति भाँडिएको हो। माओवादी केन्द्रलाई दिने सहमती विपरीत नेत्रावती डबजोङ गाउँपालिका काँग्रेसका नेता तथा कार्यकर्ताले नेत्रावती डबजोङ गाउँपालिका आफुले नपाए सामुहीक राजिनामा दिने सम्मको चेतावनी पछि मित्रवत प्रतिस्पर्धा गर्ने सहमतिबिच बैठक टुङ्गीएको हो ।

आईतबार बसेको गठबन्धनको बैठकमा कुरा नमिलेपछि एक अर्कालाई मित्रवत् व्यवहार गरेर चुनावमा जाने मोटामोटी सहमति भएको हो।भागबण्डामा कुरा नमिलेपनि आवश्यकताअनुसार पालिका तथा वडा स्तरमा मिल्न सक्ने गरी चुनावमा जाने सहमति भएको छ ।

जिल्लास्तरमा सहमति हुन नसकेपछि वडा वा पालिकास्तरमा आवश्यकताअनुसार सहमति गर्न सक्ने गरी हाललाई मित्रवत् व्यवहार गर्ने गरी जाने सहमति भएको हो । गठबन्धनको सम्भावना टुङ्गीएपछि दलहरु अहिले गाउँ केन्द्रित बनेका छन् । पटक पटक बसेको गठबन्धनको बैठक लिने र दिनेमा कुरा नमिल्दा अन्तत टुटेको छ । फाईल : फोटो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्