सर्वोच्चद्धारा गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक

धादिङ,०७ बैशाख ।  

सर्वोच्च अदालतले गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाएको छ । 

बुधबार बसेको संवैधानिक इजलासको आदेशले गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाएको हो । यसअघि, सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत चुरे दोहन गरेर भारततर्फ ढुंगा, गिट्टी र बालुवाको निकासी गर्ने घोषणा गरेको थियो । 

तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको बजेट मार्फत चुरे दोहन गरेर यी वस्तुको निकासी गर्ने योजना अघि सारेको थियो । सरकारको सोही योजनाविरुद्ध आदेश दिँदै सर्वोच्चले निकासी रोकेको हो । 

संविधानको मर्म र भावना अनुकुल हुनेगरी विधायिकाद्वारा निर्मित कानूनले अर्को व्यवस्था नगरेसम्म सरकारलाई ढुंगा, गिट्टी र बालुवाको निकासीमा रोक लगाएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्