नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो,१ हजार ४१ थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

हिजो शुत्रबार अहिलेसम्मके धेरै १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १ हजार ५ सय ६६ जना डिस्चार्ज भएसँगै २७ हजार १ सय २७ जना संक्रमित निको भएर घर फर्किएका छन्।

देशभर २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसिआर परिक्षण गरिएको डा.गौतमले बताउनुभयो । अहिले देशभर १७ हजार ८ सय ७० सक्रिय संक्रमित रहेका छन् भने ६ हजार ५ सय ६१ जना क्वारेन्टाईनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्