धादिङमा शनिबार १२ जना कोरोना संक्रमित थपिए

धादिङका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको नीलकण्ठ नगरपालिकाका ४ जना,थाक्रे गाउँपालिकाका ४ जना, धुनीबेसी नगरपालिकाका २ जना, गंगाजमुना गाउँपालिकाका १ जना, खनियाबासका १ जना गरि १२ जना रहेका छन् ।

जसमा नीलकण्ठ नगरपालिका वडा नं ३ का २२, २२, ३३ र ३५ वर्षिय पुरुष,थाक्रे गाउँपालिका वडा नं ६ का २०,२६ वर्षिय महिला,वडा नं ९ का २४ वर्षिय पुरुष,वडा नं २ का ३० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

यस्तै धुनीबेशी नगरपालिका वडा नं २ का ३० वर्षिय पुरुष,वडा नं ३ का २१ वर्षिय महिला,गंगाजमुना गाउँपालिका वडा नं ७ का ३६ वर्षिय पुरुष र खनियाबास गाउँपालिका वडा नं २ का ३० वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय ५७ पुगेको छ ।
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्