राज्यलाई हानि पुर्‍याउने ठेकदारलाई थप कारबाही हुन्छ : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले समयमा मल आपूर्ति नगर्ने ठेकदारहरूको ठेक्का रद्द गरेर धरौटी जफत गर्ने प्रक्रिया अघि बढेको पत्रकार सम्मलेनमार्फत जानकारी दिएका छन् । साथै, उनले ती ठेकदारहरूलाई कानुनबमोजिम थप कारबाही पनि गरिने बताएका छन् ।

सिंहदरबारमा आइतबार आयोजित पत्रकार सम्मलेनमा मन्त्री भुसालले भने, ‘मल आपूर्तिको ठेक्का लिएका कम्पनीहरूले गरेको लापरवाहीलाई कारबाही गर्ने प्रक्रिया सुरु भएको छ । उनीहरूसँग भएको ठेक्का रद्द गरिएको छ, धरौटी रकम जफत गरिएको छ र कानुनबमोजिम अन्य कार्यबाहीको प्रक्रिया आरम्भ भएको छ ।’

पत्रकार सम्मेलनमा मन्त्री भुसालद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘जनता र राज्यलाई हानि पुर्‍याउने यसखाले कुनै पनि गतिविधिप्रति मन्त्रालय र मन्त्रालय मातहतका निकायहरू बेखवर रहन सक्दैनन् भन्ने तथ्य स्थापित भएको छ ।’मन्त्री भुसालले मल आयातमा दशकौंदेखि रहँदै आएको बेथितिको अन्त्य गर्ने प्रक्रिया थालनी भएको र नेपालमै मल कारखाना खोल्नेबारे सम्भाव्यता अध्ययन गर्न समितिसमेत बनिसकेको बताए ।

मन्त्री भुसालले युरिया मल सकेसम्म छिटो ल्याउने प्रक्रिया परराष्ट्र मन्त्रालयमार्फत अघि बढाइसकिएको जानकारी दिए ।@onlinekhaber

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्