धादिङमा कोरोना संक्रमितको संख्या २ सय ६८ पुग्यो

धादिङका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको नीलकण्ठ नगरपालिकाका २ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ४ जना, गल्छि गाउँपालिकाका २ जना, ज्वालामुखी गाउँपालिकाका १ जना, सिद्धलेक गाउँपालिकाका १ जना र धादिङ घर भई अन्य ठेगाना नखुलेका १ जना गरि ११ जना रहेका छन् ।

जसमा नीलकण्ठ नगरपालिका वडा नं १४ का ३२ वर्षिय महिला,वडा नं ३ का ३६ वर्षिय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ८ वर्षिय बालिका, १७ वर्षिय बालक,२२ र २७ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

यस्तै गल्छि गाउँपालिका वडा नं ४ का ६ वर्षिय बालिका र २६  वर्षिय महिला, ज्वालामुखी गाउँपालिका वडा नं २ का २७ वर्षिय पुरुष,सिद्धलेक गाउँपालिका वडा नं १ का ३० वर्षिय पुरुष र धादिङ घर भई अन्य ठेगाना नखुलेका ३५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय ६८ पुगेको छ ।

यसैगरी जिल्लाको १३ वटै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । जसमा नीलकण्ठ नगरपालिकामा ८४ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ६२ जना र ज्वालामुखी गाउँपालिकामा ३६ जना रहेका छन् । 

यस्तै धुनीबेसी नगरपालिका १६ जना, थाक्रे गाउँपालिकामा १५ जना,गल्छि गाउँपालिकामा १० जना सिद्धलेकमा ९ जना, नेत्रावती डबजोङमा ८ जना, बेनिघाट रोराङमा ७ जना, गजुरीमा ६ जना, खनियाबासमा ४ जना, गंगाजमुना गाउँपालिकामा ३ जना, रुविभ्यालीमा २ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ६ गरी २ सय ६८ जना रहेको हेल्थ असिस्टेन्ट रिजालले बताउनुभयो ।

जम्मा संक्रमित मध्ये १ सय ८४ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ८४ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा कोरोना संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने निको भएर घर फर्कने कुल सङ्ख्या १ सय ६६ पुगेको छ । 

हेल्थ असिस्टेन्ट रिजालका अनुसार जिल्लामा ५ जनाको मात्रै पीसिआर रिपार्ट आउन बाँकी रहेको छ । धादिङमा अहिले होम र संस्थागत गरी १ सय २ जना आईशोलेशनमा रहेका छन् भने ५ जना क्वारेन्टाईनमा रहेका छन् ।
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्