कक्षा १२ को परिक्षा समय परिवर्तन, बिहान ८ देखि ११ बजेसम्म हुने

काठमाडौं, ११ बैशाख ।

राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ ।

बोर्डले आज एक सुचना जारी गर्दै आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म हुने कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी परीक्षाको समय परिवर्तन गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसअघि बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समयतालिका सार्वजनिक गरेको थियो ।

अब परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ ।

हेर्नुस् समयतालिका  :

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्