घट्यो सुनको मूल्य, कति छ आज प्रतितोला ?

काठमाडौँ ,११ वैशाख 

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । गत शुक्रबार तोलामा १ हजार ३६० रुपैयाँमा किनबेच भइरहेको चाँदी आइतबार पनि सोही मूल्य नै कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्