२४ घन्टामा २१ संक्रमित थपिए, सक्रिय संक्रमित २७१ जना

धादिङ,१२ बैशाख ।

देशभर थप २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर ४ हजार ७७५ कोरोना परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा ३ हजार ६४२ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा १९ जना र ११ सय ३३ एन्टीजेन परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप १७ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङख्या २ सय ७१ रहेको छ । देशभर आजसम्म ११ लाख १८ हजार ९२७ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्