नीलकण्ठको समृद्धीको लागि पुनःमेयरमा उम्मेद्वारी : भीम प्रसाद ढुंगाना

धादिङ,१२ बैशाख ।
धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका नेता भीम प्रसाद ढुंगानाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

आज अपरान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गठबन्धनको तर्फबाट साझा उम्मेदवारी दर्ता गराउनु भएको हो । नेपाली काँग्रेस नगर सभापति शम्भुराज सिंह ठकुरी प्रस्तावक र सरोज अधिकारीको समर्थकमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

नगरपालिकाको विकास गर्न र अधुरा कामहरु पुरा गर्नको लागि पुन : मेयरमा उम्मेदवारी दिएको बताउनु भएको छ । आफुले पाँच बर्षमा नीलकण्ठ नगरपालिकाको विकासको खाका कोरेको भन्दै देशकै नमुना नगरपालिका बनाउनको लागि आगामी पाँच बर्ष भित्र काम गर्ने स्पष्ट पार्नुभयो ।

दातृ निकायबाट बजेट ल्याउन सक्ने क्षमता भएको कारण नगरपालिकाको समृद्धीको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । गठबन्धनको तर्फबाट मेयरमा भीम प्रसाद ढुंगाना र उपमेयरमा दिपक विश्वकर्माले उम्मेदवारी दर्ता गराउनु भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्