नीलकण्ठ नगरपालिकाको मेयरमा महिला उम्मेदवार

धादिङ, १२ बैशाख ।
नेकपा एमाले धादिङले बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा नीलकण्ठ नगरपालिकाको प्रमुख –मेयर पदको लागि महिलालाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।

धादिङ जिल्लाको नगरपालिका मध्ये नीलकण्ठ नगरपालिकामा गंगादेवी श्रेष्ठलाई मेयर पदमा उम्मेद्वार बनाएको हो । नीलकण्ठ नगरपालिका वडा नम्बर ७ निवासी गंगादेवी श्रेष्ठ अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य तथा धादिङको इन्चार्ज समेत हुनुहुन्छ ।

धादिङ जिल्लामा २ नगरपालिका र ११ गाउँपालिका मध्ये नेकपा एमालले प्रमुख पदमा महिला उम्मेदवार बनाएको श्रेष्ठ एक मात्र उम्मेदवार हुनुहुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्