नीलकण्ठ–८ को वडाध्यक्षमा प्रकाश कुमार श्रेष्ठको स्वतन्त्र उम्मेदवारी

नीलकण्ठ नगरपालिका वडा नं.८ को वडा अध्यक्षमा प्रकाश कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट टिकट नपाएपछि श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

यसअघिको निर्वाचनमा नेपाली कांग्रेसबाट अत्याधिक मत ल्याई वडा सदस्यमा निर्वाचित भएका श्रेष्ठले स्वतन्त्र रुपमा उम्मेदवारी दिँदा आफू पिडित र भावुक भएको बताउनुभएको छ ।

पार्टी नेतृत्वबाट जनताको आवश्यकता र मागलाई दबाउने कार्य भएको भन्दै उहाँले उम्मेदवारी फिर्ता नहुने दाबी गर्नुभएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्