असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात संचालन गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले असोज ५ गतेबाट आन्तरिक उडान र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

सरकारले असोज ५ गतेबाट यी दुवै सेवा संचालन गर्न अनुमति दिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। यातायातका साधानले सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउनेछन् । गत चैत ११ गतेदेखि लकडाउन भएपछि सार्वजनिक यातायात बन्द थियो भने व्यवसायीले खुलाउन माग गर्दै आएपनि सरकारले जोखिम रहेको भन्दै सञ्चालनको अनुमति दिएको थिएन ।अब सुरक्षाका उपाय अपनाएर लामो दुरीका सार्वजनिक यातायात र हवाइ सेवा संचालन हुने भएको हो। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्