विश्वमा २ लाख ४० हजार संक्रमित थपिए

काठमाडौं : विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ४० हजार कोरोना संक्रमित थपिएका छन्।  भारतमा सबैभन्दा धेरै ८१ हजार ९ सय, अमेरिकामा ३७ हजार ५ सय, ब्राजिलमा १९ हजार, अर्जेन्टिनामा ९ हजार ९ सय, रसियामा ५ हजार ५ सय , मेक्सिकोमा ४ हजार ४ सय, कोलम्बियामा ५ हजार ५ सय जनामा संक्रमण पुष्टि भएको हो।  भारतमा २४ घण्टामा १ हजार ५४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८० हजार ८ सय ८ पुगेको छ ।

अमेरिका र ब्राजिलमा समान ४ सय ५४ जनाले ज्यान गुमाएका छन्। अर्जेन्टिनामा ३ सय १५, मेक्सिकोमा २ सय १७, कोलम्बियामा १ सय ९९, पेरुमा १ सय २ र स्पेनमा ३३ जनाको मृत्यु भएको छ।  हालसम्म संक्रमित भएका २ करोड ९४ लाख ३३ हजारमध्ये २ करोड १२ लाख ६४ हजार निको भइसकेका छन्।  ७२ लाख ३६ हजार सक्रिय संक्रमितमध्ये ६० हजार ६ सयको अवस्था गम्भीर छ। कोरोनाका कारण अहिलेसम्म ९ लाख ३२ हजार ३ सय ९० जनाले ज्यान गुमाइसकेका छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्