सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश 

काठमाडौं, १३ वैशाख । 

नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश गरेका छन् । 

धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले न्यौपानेलाई राप्रपामा स्वागत गरेका थिए । अध्यक्ष लिङ्देनले मंगलबार सदस्यता दिएर उनलाई पार्टीमा स्वागत गरेका हुन् । 

पार्टी प्रवेश कार्यक्रममा पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, नेताहरू दिपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर लगायतका नेताहरूले न्यौपानेलाई पार्टीमा स्वागत गरेका थिए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्