देशभर जम्मा १० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २६१

धादिङ,१३ बैशाख ।

देशभर थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ५ हजार २२६ कोरोना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा ४ हजार ६४ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ९ जना र ११ सय ६२ एन्टीजेन परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप १८ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङख्या २ सय ६१ रहेको छ । देशभर आजसम्म ११ लाख १८ हजार ९३७ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्