गंगाजमुना–४ को वडासदस्यमा घले र खनियाबास–४ को दलित महिला सदस्यमा बिमला निर्बिरोध

धादिङ,१३ बैशाख ।
धादिङमा नेकपा एमालेबाट वडा सदस्यपदमा एक जना महिला निर्विरोध निर्वाचित हुनुभएको छ ।

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ४ की महिला वडा सदस्य पदमा एमालेका तर्फबाट उम्मेदवार हुनुभएकी रत्नमायाँ घलेको मात्र उम्म्ेदवारी परेका कारण निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले भने पुष्टी गर्न बाँकी छ।

२०७४ को स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुनुभएका घले गाउँकी लोकप्रिय महिला भएका कारण कसैले पनि उम्मेदवारी नदिएका हुन् । घले निर्वातमान न्यायिक समिति सदस्य हुन् ।

यसैगरी धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ को दलित महिला सदस्यमा नेपाली कांग्रेसकी बिमला नेपाली समेत निर्बिरोध निर्बाचित हुनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्